२१ बैशाख २०८१, शुक्रबार 1714746344
कला/साहित्य

रेखा थापाको उपहारलाई सांसद सुनिल शर्माको साथ

काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्‍याउने बताएका छन् ।

शुक्रबार सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् । नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आउदैछ ।

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरूको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् ।

‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सँधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।