११ जेष्ठ २०८१, शुक्रबार 1716569524
Banner

जापान पठाउने बहानामा २१९ जना ठगी, दुईजना पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै २१९ जनाबाट करिब ३ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वनजिक गरेको हो। प्रहरीका अनुसार उनीहरूले आफ्नो नक्कली नाम बताइ अरुका नाममा कम्पनी खोल्न लगाइ ठगी गरेको खुलेको छ। पाण्डेलाई अनामनगरबाट र श्रेष्ठलाई कागेश्वरी मनोहराको विष्ट गाउँबाट पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।