११ जेष्ठ २०८१, शुक्रबार 1716570938
Banner

डढेलोमा परेर बझाङका दुई युवाको मृत्यु

काठमाडौं । उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ।

बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए।

मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवार समस्यामा परेका छन्।