१७ बैशाख २०८१, सोमबार 1714433998
कला/साहित्य

गायक निशान भटटराईले गरे सम्बन्धबिच्छेद

काठमाडौं । गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

काभ्रेपलान्चोक जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले उनीहरुको सम्बन्ध बिच्छेद भएको जानकारी दिइन । तीन वर्ष अगाडि निशान र ऋचाबीच विवाह भएको थियो । उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो ।

निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन् भने ऋचा मोडलिङ गर्दै आएकी छन् ।