२४ बैशाख २०८१, सोमबार 1715022378
कला/साहित्य

तीन जना फेसन डिजाइनरले सञ्चालनमा ल्याए कला बुटिक

काठमाडौं । काठमाडौंको कपन स्थिति एकता वस्तीमा तीन जना फेसड डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका छन् । वैशाली राणा, स्मिता राई र देवी तामाङ मिलेर बुटिक सञ्चालनमा ल्याएका हुन् ।

उनीहरु तीनै जनाले डिप्लोमा फेसन डिजाइनिङ र एड्भान्स कोर्ष समेत गरेका छन् । बुटिक सेन्टरमा महिला, पुरुष तथा बालबालिकाका सबै कपडा उपलब्ध छन् । त्यस्तै विवाहमा दुलहा तथा दुलहीले लगाउने कपडादेखि हरेक उमेर समुहका लागि मौसम अनुसारका कपडा राखिएको सञ्चालक देवी तामाङले बताउनु भयो । तामाङले भन्नु भयो, अन्य बुटिकमा सीमित सामग्री मात्र उपलब्ध छ तर यहाँ सबै उमेर समुहका लागि कपडा उपलब्ध छ । यहाँ उपलब्ध सबै सामग्री आफ्नै उत्पादन भएको सञ्चालक तामाङले जानकारी दिनु भयो ।

करिब ३० लाख लगानी रहेको कला बुटिककोे मिस नेपाल वल्र्ड प्रियंका रानी जोशीले उद्घाटन गर्नु भएको थियो ।