४ जेष्ठ २०८१, शुक्रबार 1715965474
कला/साहित्य

सामाजिक सञ्जालमा चर्चित भेलुवाजेको निधन

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो ।

उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि सास फेर्न गाह्रो भएपछि भेलुबाजेलाई अस्पताल भर्ना गरिएको थियो । उनले भने, ‘उहाँलाई उक्कासी सास फर्न गाह्रो भएपछि अस्पताल भर्ना गरेका थियौं । बोल्न सक्ने अवस्थामा नै हुनुहुन्थ्यो । केहीबेर अघि मात्र डाक्टरले मृत घोषणा गरे ।’

प्यूठान नगरपालिका–४ जुम्री घर भएका उनी बोल्ने शैलीका कारण सामाजिक सञ्जालमा चर्चित थिए । ६ महिना अघि मात्र उनले श्रीमती गुमाएरका थिए ।