१७ बैशाख २०८१, सोमबार 1714417420
शिक्षा /स्वास्थ्य

ईन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने विषय मेरो कार्यकालमा भएको हो : पूर्वमेयर विद्यासुन्दर शाक्य, कामनपा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गर्ने विषय आफ्नै कार्यकालमा सुरुवात भएको बताएका छन् ।

शनिबार महानगर ज्यापू महागुठीले विश्व पर्यटन दिवसको अवसरमा बसन्तपुर डबलीमा धुुँन्या बाजा तथा नेवारी सांकृति झल्कने तस्वीर प्रदर्शन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

महानगर ज्यापू महागुठीले विश्व पर्यटन दिवसको अवसरमा बसन्तपुर डबलीमा धुुँन्या बाजा तथा नेवारी सांकृति झल्कने तस्वीर प्रदर्शन कार्यक्रमको सुरुवात पनि आफ्नै पालामा भएको उनले बताए ।

यस्तै, कान्तिश्वरी विद्यालय र प्रहरी कार्यालय हटाएर खुला क्षेत्र बनाउने योजना पनि आफ्नै कार्यकालमा आएको उनले बताए ।