१७ बैशाख २०८१, सोमबार 1714418941
Banner

सर्वसाधारण लक्षित आन्दोलन नगर्न गृहसचिवको आग्रह

काठमाडौं । गृह सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई आन्दोलन सर्वसाधारण लक्षित नबनाउन आग्रह गरेका छन् ।
मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत रहेका बेला उनले यस्तो आग्रह गरेका हुन् ।

शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताए ।

चिकित्सकहरु सडकमा आएको ६र८ घन्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको भन्दै उनले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने प्रद्धिवद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु ।’