१५ बैशाख २०८१, शनिबार 1714239921
Banner

कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

यही कात्तिक १८ गते अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै संघले ध्यानाकर्षणसमेत गराएको छ ।

डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिने यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर पर्ने संघका ेभनाइ छ ।

‘घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ जोडदार माग गर्दछ,’ संघका महासचिव डा. सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।