३ जेष्ठ २०८१, बिहीबार 1715847717
Banner

इलाम निर्वाचन अपडेट : १४ हजार ६१३ मतसहित नेम्वाङ अगाडि

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको ३५ हजार ६११ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ३०२ रहेको छ । एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै रहेको छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले हजार ५७० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत पाएका छन् ।