१७ बैशाख २०८१, सोमबार 1714434562
शिक्षा /स्वास्थ्य

आज विश्व शिक्षा दिवस मनाइँदै

काठमाडौं । आज विश्व शिक्षक दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा आज ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ:शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नाराका साथ नेपालमा पनि सो दिवस मनाइँदैछ ।

नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ ।

समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।