२० बैशाख २०८१, बिहीबार 1714653044
Uncategorized

पाकिस्तानतर्फ लागे चिनियाँ अर्बपति ज्याक मा

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा केही दिनको नेपाल बसाइपछि फर्किएका छन् ।

निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा आज फर्किएका हुन् । निजी विमानमार्फत् नेपाल आएका उनी पाकिस्तातर्फ गएका छन् ।

उनी मंगलबार दिउँसो नेपाल आएका हुन् ।

उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।
उनीसहित ७ जनाको टोली काठमाडौं आएको थियो।

Tags :