१५ बैशाख २०८१, शनिबार 1714273539
Uncategorized

के हो ? कर्पोरेट गु्रमिङ्ग


मञ्जु कार्की पाण्डे ( सौन्दर्यविद तथा कर्पोरेट गु्रमर)

कर्पोरेट गु्रमिङ भनेको के हो ?

‘कर्पोरेट गु्रमिङ’ शब्दले कार्यस्थलमा व्यक्तिको कार्य र प्रस्तुतिलाई जनाउंछ, जसभित्र हाउभाउ कटाक्ष, बोल्ने शैली र कला, सौन्दर्य, प्रस्तुतीकरण, ड्रेसिङ, व्यक्तिगत सरसफाइ तथा व्यक्तित्व लगायतका कुरालाइ जनाउंछ ।
यो किन आवश्यक छ ?


यसले सहकर्मी तथा वरिपरिका मानिसमा सकारात्मक प्रभाव छाड्न सघाउंछ । साथै यसका कारण करियरको गति तिव्र हुने र उचाइमा पुग्ने कुरामा पनि मद्धत गर्छ । कर्मचारीहरूलाई आफ्नाबारे सकारात्मक र व्यावसायिक छवि झल्काउने र आफ्नो व्यवसायलाई व्यावसायिक रूपमा प्रतिनिधित्व गर्न सक्षम छ भनी सुनिश्चित गराउनु नै यसको काम हो ।
नेपालमा यसको टे«ण्ड कस्तो छ ?
नेपालमा यो भर्खरै नया“ भित्रिएको टे«ण्ड हो । विदेशतिर निक्कै चलेको यो टे«ण्ड, व्यावसायिक क्षेत्र जति मौलायो उत्ति चल्ने हो । यसले कर्पोरेट क्षेत्रमा कार्यरत महिला हुन या पुरुष सबैको हाउभाउ कटाक्ष, बोल्ने शैली र कला, सौन्दर्य, प्रस्तुतीकरण, ड्रेसिङ, व्यक्तिगत सरसफाई तथा व्यक्तित्व लगायत सबै कुरालाइ उ“चो बनाउने काम गर्छ ।
कर्पोरेट गु्रमिङमा तपाइको काम के हो ?


म पेशाले सौन्दर्यविद हु“ । तसर्थ मसंग मान्छेको अगाडी कसरी प्रस्तुत हुने, कसरी बोल्ने, अतिथि मुद्रा (गेस्चर–पोष्चर) बारे ज्ञान, स्वास्थ्य र सौन्दर्य मार्फत कसरी आकर्षक र आत्मविश्वासी देखिने जस्ता कला छन । म कर्पोरेट गु्रमिङ तालिमप्राप्त व्यक्ति पनि हुं । तसर्थ मेरो काम विभिन्न नाम चलेका कर्पोरेट अफिसका कर्मचारीलाई यिनै बिषयमा ज्ञान दिने, तालिम सञ्चालन गर्ने, बिभिन्न अवसरका बेला उनीहरुको हेयर तथा मेकअपमा काम गर्ने लगायतका कुराहरु पर्छन ।


नेपालमा यसको भविष्य कस्तो छ ?
राम्रो छ, म सकारात्मक छु । किनभने पछिल्लो समय नेपालमा पनि व्यापार व्यावसाय बढिरहेका छन । बजारमा प्रोफेशनहरुको आगमन पनि उत्तिक्कै हुंदैछ त्यसैले म आशावादी छु ।