२० बैशाख २०८१, बिहीबार 1714653914
Uncategorized

राजधानीका अस्पतालमा दुई हजार २८ वटा बेड निःशुल्क

काठमाडौं । राजधानी काठमाडौंका ठूला अस्पतालमा अब बिरामीले दुई हजार २८ वटा बेड निःशुल्क पाउने भएका छन् ।

कानुनबमोजिम अस्पतालले उपलब्ध गराउनेपर्ने बेड सरकारको दबाबमा निःशुल्क उपलब्ध हुन लागेका हुन् ।

यसरी निःशुल्क हुने भनेका जनरल बेड मात्रै हुन् । क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क तिनुपर्नेछ ।

निःशुल्क उपचार पाउन स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

कुन–कुन हुन् निःशुल्क बेड उपलब्ध हुने अस्पताल

वीर अस्पताल – ७००
कान्ति बाल अस्पताल – २४८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमा –६०
परोपकार प्रसूति गृह – ४५०
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र – ९०
राष्ट्रिय ट्रमा सेन्टर – १५०
कोसी अस्पताल – ३३०

Tags :