१९ बैशाख २०८१, बुधबार 1714625866
Uncategorized

मदन जयन्तीको अवसरमा बूढानीलकण्ठमा वृक्षरोपण

काठमाडौं । मदनजयन्तिको अवसरमा बूढानीलकण्ठ नगरपालिका ८ मा वृक्षरोपण भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन कुमार भण्डारीको ७२ औँ जन्मजयन्तिको अवसरमा वृक्षारोपण भएको हो ।

वृक्षरोपण कार्यक्रम मदन भण्डारी फाउन्डेसन बूढानीलकण्ठ तथा नगरपालिकाको सहकार्यमा भएको मदन भण्डारी फाउन्डेसन बूढानीलकण्ठका अध्यक्ष कैलाश खड्का ले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटी इन्चार्ज आनन्द पोखरेल , नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सरिता न्यौपाने,जिल्ला कमिटी अध्यक्ष दिपक निरौला ,उपसचिव तेज प्रसाद ढकाललगायत उपस्थित थिए ।

Tags :