१५ बैशाख २०८१, शनिबार 1714277510
Uncategorized

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहिबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो । उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित हुनु भएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ । इ को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।