४ जेष्ठ २०८१, शुक्रबार 1715931284
Banner

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परी गए राति दुई युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

राति १२ बजे उक्त मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र सोही ठाउँका २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार, मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पठाइएको थियो । अस्पतालमा चिकित्सकले ईसीजी गरी राति १२ः५५ बजे दुवैजनाको मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ ।