१४ बैशाख २०८१, शुक्रबार 1714186550
कला/साहित्य

पाइलट विकाश राणाको गिति एल्बम बिमोचन

काठमाडौं- हवाइ उड्ड्यन व्यवसायी विकाश राणाद्वारा स्वरवद्ध ११ वटा गीतको म्युजिक भिडियो विमोचन गरिएको छ ।

शशि विक्रम थापा, बिबि थापा र केशव चौलागाईको शब्द एवं शम्भूजित बाँसकोटा र आभाषको संगीत रहेको म्युजिक भिडियोलाई निकेश खड्का र नितिन चन्दले निर्देशन गर्नुभएको हो ।

सो म्युजिक भिडियोको पूर्व मन्त्री शंकर कोइराला, उपेन्द्र महतो लगायतका व्यक्तित्वहरुले विमोचन गर्नुभएको थियो । म्युजिक भिडियोमा आधुनिक, लोक र पप शैलीमा गीतहरु रहेका छन् ।