११ बैशाख २०८१, मंगलवार 1713934673
कला/साहित्य

‘अम्रिका’ म्युजिक भिडियो सार्वजनिक

गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रिका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक गैरेको युट्युब च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक भएको हो । 

यस गीतमा शब्द दिग्गज धौरालीको र सङ्गीत सुवास भुषालको रहेको छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गर्नुभएको हो । प्रेमिल शैलीको यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको प्रेम र रोमान्स मिश्रित अभिनय छ ।  

पवन सुस्लिङले छायाङ्कन गर्नुभएको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो । गम्भीर विष्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।

गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको छ । यसअघि  गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट’, ‘माया किन मोडियो’, ‘सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएका छन् ।