१२ बैशाख २०८१, बुधबार 1713963643
कला/साहित्य

नेपाली सिनेमाघरमा चार चलचित्र

यो साता नेपाली सिनेमाघरहरूमा चार नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । दुई कलिउड चलचित्र ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ दुई बलिउड चलचित्र ‘स्याबास मिठू’ र ‘जुदा हो के भी’ प्रदर्शनमा आएका हुन् । राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘सिल्ली फो’ले चारजना पात्रको जीवनमा आउने उतारचढावको कथा बताउँछ । मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह–निर्माता रहेको चलचित्रमा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछानेलगायतको अभिनय देख्न सकिन्छ । 

‘सम्झना बिर्सना’ प्रेमकथामा निर्माण भएको चलचित्र हो । चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नुभएको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा देखिनुभएको चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको समेतअभिनय रहेको छ ।