१४ बैशाख २०८१, शुक्रबार 1714145434
पालिका

आफनो टोल र जनताका लागि केही राम्रो गरौं भनेर अगाडि बढेको छु : रवि खड्का

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका– ६ को वडाध्यक्षमा एमालेबाट रवि खड्काको नाम सर्वसम्मत सिफारिस भएको छ । ३० बर्षदेखि एमाले पार्टी भित्रका विभिन्न टिममा बसेर काम गरेको अनुभव उहाँसँग छ । २०७४ सालमा भएको स्थानीय निकायको चुनावमा आफु अध्यक्षको दाबीमा रहेको भएपनि त्यससमय सिनियर नेतालाई सहयोग गरेर चुनाब जित्ने अभियानमा लागेकाले यसपटक आफुलाई साथीहरुले अगाडि सारेको उहाँ बताउनुहुन्छ ।

मेरो उम्मेदवारी किन ?

बुढानीलकण्ठ नगरपालिकामा भएको विकासलाई मैले नजिकबाट हेरेको छु । वडामा देखिएका समस्यालाई नजिकबाट नियाल्ने अवसर मिलेकाले पनि म नेतृत्वमा पुगेको खण्डमा धेरै परिर्वतन गर्न सक्छु भन्ने अपेक्षा हो । आफनो टोल र जनतालाई केही राम्रो गरौं भनेर म अघि सरेको छु । वडा नम्बर ६ को चुनाव जितेको खण्डमा २ बर्षभित्र खानेपानीको व्यवस्था गर्नेछु । सामुदायिक विद्यालयको व्यवस्थापनसाथै यहाँका बच्चालाई मन्टेश्वरी प्रविधिबाट पढाउने ध्यान मेरो रहने छ । बुढानिलकण्ठको बाटोघाटो निमार्ण, सडक कालोपत्रे, एक घर एक कागतीको बोट रोप्ने अभियान सम्पन्न गर्नेछु । त्यस्तै हप्तामा दुईपटक कृषि विरुवा बितरण गर्ने योजना पनि बनाएको छु । वडामा आफनो सिप देखाएर लगानी बढाउने योजना रहेको छ । महिलाको आयस्तर बृद्धिका लागि विशेष कार्यक्रम ल्याउने मेरो योजना छ ।