१४ बैशाख २०८१, शुक्रबार 1714121337
पालिका

टिकट जसले पाए पनि सहयोग गर्ने एमाले बालकोटका नेताहरुको प्रतिवद्धता

भक्तपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष, मेयर, उपमेयर लगायतका पदमा आकांक्षीहरु बढेपनि पार्टीले जसलाई टिकट दिन्छ उसलाई सवैले साथ दिने बालकोटका नेताहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सुर्यविनायक नगरपालिका बालकोट २ मा शुक्रवार आयोजित निर्वाचन परिचालन सम्बन्धी बृहत कार्यकर्ता भेलामा सहभागिहरुले चुनाबमा उठने आआफनो अडान भएपनि पार्टीले गरेको निर्णयलाई मान्दै एक अर्कालाई सहयोग गरी हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका हुन्।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अवको निर्वाचनमा एमालेलाई जिताउन सबैले आआफनो ठाउबाट भूमिका खेल्नुपर्ने बताउनुभयो, जो उम्मेदवार हुन्छ उसले जितेर देखाउनेैपर्ने चुनौती भएको बताउँदै उहाँले साथी साथीमा घात नहोस भन्ने कुरामा सबै चनाखो हुनुपर्ने बताउनुभयो । गएको निर्वाचनमा वडामा एमालेले हार्दा सोचे अनरुप कामको गति लिन नसकेको भन्दै उहाँले वडामा एमालेको नेतृत्व आवश्यक हुने बताउनुभयो । कार्यक्रममा सहभागि नेताहरुले पाँचबर्षमा भएका कमिकमजोरीलाई सुधार्दै उठेका गुनासालाई मनन गदै अघि बढनुपर्ने बताएका थिए । कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर, उपमेयर, जिल्ला कमिटिका सदस्य, नगर कमिटि, वडा कमिटि लगायत सरोकारवालाहरुको सभागिता रहेको थियो ।