७ बैशाख २०८१, शुक्रबार 1713532383
पालिका

मेरो उम्मेदवारी वडाको विकासका लागि

काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवारको दौडधुपमा छन् ।

यसै सन्धर्वमा काठमाडौं महानगरपालिका– १० को वडाध्यक्षमा एमालेबाट अशोक कार्कीको नाम सर्वसम्मत सिफारिस भएको छ । बानेश्वर निवासी कार्की एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज समेत हुन् । लामो समयदेखि राजनीतिमा लागेर पार्टीको सिपाहीको रुपमा सक्रिय उनले विभिन्न समाज सेवा गरेको बताए ।

नेता कार्कीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरि जनताको बीचमा गएर जनताका समस्या तथा जनताले प्रयोग गर्दै आएको बाटो निर्माण गरेको बताए । उनले आगामी स्थानीय निर्वाचनमा जनताकै चाहना अनुसार सशक्त रुपमा वडाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेको बताए ।

चुनाव जितेपछि नेता कार्कीले पार्टीको निर्देशन र जनताको माग अनुसार महत्वपूण भूमिका निभाउने बताए । साथै, उनले हाल उक्त वडामा आएका जनप्रतिनिधिबाट जनता सन्तुष्ट नभएको र आगामी नेतृत्व पनि जनताले माग गरेको दाबी गरे । उनले भने,मेरो उम्मेदवारी वडाको विकासका लागि हो ।