१८ बैशाख २०८१, मंगलवार 1714471605
Banner

सात दिनभित्र नेपालीमा विद्यालयको नाम नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको हो ।

सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गरेर विभागमा अनिवार्य सम्पर्क गर्न महानगरले निर्देशन दिएको छ । सात दिनभित्र मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाएर कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ ।

महानगरले यसअघि संस्थागत विद्यालयलाई ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरण गर्न अनुरोध गरेको थियो । महानगरले यसअघि संस्थागत सबै विद्यालयका नाममा पत्र लेख्दै नियमबमोजिम ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नाम राख्न आग्रह गरेको थियो ।