१५ बैशाख २०८१, शनिबार 1714233073
कला/साहित्य

गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिर्दै

काठमाडौं । गायिका एलिना चौहानले वैशाख ५ गते बिबाह गर्ने भएकी छन् । प्रेमी विष्णु सापकोटासँग एलिनाले झापाबाट विवाह गर्ने भएकी हुन् ।

‘दुई परिवारको सहमतीमा हामी बिबाह गर्न तपार भएको हौं । बिहे सरल तरिकाले गर्ने योजना छ ।’ एलिना भन्छिन्, ‘हामी प्रेम सम्बन्ध रहेपनि बिबाह चाहिं मागी नै हो । अब बिबाह र साँगीतिक जीवनलाई मिलाएर अगाडी बढाउँछु ।’ अष्ट्रेलियामा व्यावसाय गर्दै आएका विष्णु सापकोटा बागलुङ निवासी हुन् । उनी गीतकार समेत हुन् । केही साता अगाडी नेपाल आएका बिष्णु यतिबेला बिबाहको तयारीमा जुटेका छन् ।