२७ बैशाख २०८१, बिहीबार 1715299913
Banner

बझाङमा ४० प्रतिशत मतदान

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।

प्रदेशसभा निर्वाचन क्षेत्र ९१० मा भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ८४ मतदाता छन् । यहाँ ३१ हजार ५ सय उनन्चास पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् । ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामको भनाइ छ ।

बझाङको साइपल गाँउपालिकाका तीन वटा मतदानस्थल विकट ठाउँमा भएकाले त्यहाँको मत कम खस्ने आंकलन गरिएको छ ।