८ जेष्ठ २०८१, मंगलवार 1716350487
Banner

इलाम २ मा ३० प्रतिशत मत खस्यो

पशुपतिनगर (इलाम) । इलाम निर्वाचन क्षेत्र –२ मा ३० प्रतिशत मत खसेको छ । दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

sdr

खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं। २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ६ पालिकाका ४२ वटा वडामा मतदान जारी रहेको निर्वाचन कार्यालयका पदाधिकारीको भनाइ छ ।