१४ बैशाख २०८१, शुक्रबार 1714151054
विश्व

फिलिपिन्समा बाढीको वितन्डाः ५३ जनाको मृत्यु, गाउँ जलमग्न

मनिला–फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको सख्ंया बढ्ने अनुमान गरिएको छ । बाढीपहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन् ।

पहाडी हिमपहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन् । कम्तीमा ४७ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन् ।

पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन् ।

बाढीपहिरोमा दक्षिणी दाभाओ क्षेत्र, मिन्दानाओ र मध्य नेग्रोस ओरियन्टल प्रान्तमा पनि केहीको मृत्यु भएको फिलिपिन्सको राष्ट्रिय विपद् निकायले जनाएको छ । दक्षिणी र पूर्वी फिलिपिन्स टापुहरूमा १ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।