१८ बैशाख २०८१, मंगलवार 1714462210
विश्व

गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु

गाजासिटी (इजरायल), वैशाख ५ गते । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमण पछि  धेरै मृत्यु (हताहतहरू) मानिसहरु भुइँमा लडिरहेको देखाइएको सिएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र मृत शरीरहरू व्यवस्थापन गर्न लागि रेहेका देखिन्छन् ।

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गर्नुभयो । 

अल–अक्सा शहीद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा इमरजेन्सि कक्ष हताहत र घाइते व्यक्तिहरूलले भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए । अस्पतालकोे भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ ।

अर्का व्यक्तिले भन्नुभयो “कसैसँग कुनै सम्बन्ध छैन, उनीहरू नागरिक हुन् कृपा गर  तिमीहरूले बच्चाहरूलाई मार्दैछौ, सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकाहरूलाई मार्दै हुनुहुन्छ ।”

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पिडा सहन नसकि कराउँदै दुखका साथ  दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सिएनएनले रिपोर्ट गरेको छ । 

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा  दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको  सिएनएनले जनाएको छ ।

प्रतिवेदनका अनुसार, द्धन्दका कारण गाजा पट्टीमा दश लाख भन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका खाना, पिउने पानी, तथा शौचालयको  पहुँच नभएको कारण “विनाशकारी भोकमरी“ को सामना गरिरहेका छन् । जसले  उनीहरुको जिवनलाई जीवनलाई  थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ । गाँजामा पछिल्लो समयमा प्रत्येक दश मिनेटमा एक जना बच्चा घाइते हुन्छ वा मृत्यु हुन्छ । यसै विच इजरायली रक्षा बलले गाजामा नागरिकहरूको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ । रासस/एएनआई