२१ बैशाख २०८१, शुक्रबार 1714800779
विश्व

कतारका राजा नेपाल आउँदै

 वैशाख १० गते । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल आउनुहुने भएको छ । उहाँ दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिर नेपालमा रहनुहुँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची तय भएको छ । सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुने भएको छ ।

साथै अमिर सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । उहाँ बुधबार राति नै नेपालबाट स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।