१५ बैशाख २०८१, शनिबार 1714222782
कला/साहित्य

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गरेका छन् । निर्माण युनिटले उनलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो । साम्पाङको चरित्रको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी दिएको छ ।

धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले निर्माण भएको फिल्ममा नगर प्रमुखको भूमिका थियो, कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने त्यही भूमिकामा उनलाई अभिनय गराएको हो ।

खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक लाइट कमेडी जनरामा आधारित व्यावसायिक फिल्म हो । धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’ बनेको हो । फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका रहनेछ । फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् ।

शिशिर बिसंखेले छायाङ्कन रहेको फिल्ममा अनमोल गुरुङको सङ्गीत छ । फिल्मको अहिले धरान आसपासका स्थानमा छायाङ्कन भइरहेको छ। दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा सहयोगी इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको छ । फिल्म जेठ महिनामा प्रदर्शन हुनेछ ।