१५ बैशाख २०८१, शनिबार 1714234447
Banner

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब अभिनय गर्ने

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने हुनुभएको छ । अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।

चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

पछिल्लो एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर सो फिल्मको निर्माण गरिने अभिनेता ढुङ्गानाले जानकारी दिनुभयो । रमित ढुङ्गानाकै ब्यानरमा बन्ने यस फिल्मको कथा शिभम अधिकारीले लेख्नुभएको हो ।

चलचित्रमा केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने बताईएको छ ।