११ जेष्ठ २०८१, शुक्रबार 1716570665
Banner

इलाममा २० प्रतिशत मत खस्यो

इलाम। आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले दश बजे सम्ममा २० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको भए पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

अघिल्लो निर्वाचनमा जस्तो मतदान केन्द्रहरूमा यो पटक मतदाताको उपस्थिति बाक्लो भने देखिएको छैन । सदरमुकाम सहित आसपासका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति निकै कम रहेका छन् । इलाम–२ मा यो निर्वाचनका लागि एक लाख १५ आठ ८९ मतदाता सङ्ख्या रहेको छ ।