१५ बैशाख २०८१, शनिबार 1714227508
कला/साहित्य

न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह

काठमाडौं । न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले विवाह गर्नु भएको छ । परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उहाँको विवाह भएको हो ।

न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षा बीच सो समारोह आयोजना गरिएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित हुनुहुन्थ्यो ।

आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ । उहाँहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो ।