१७ बैशाख २०८१, सोमबार 1714379180
Banner

राप्रपाको चियापानमा एमाले अध्यक्ष ओली सहभागी

काठमाडौँ-पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ।

एमालेका अध्यक्ष ओली शुक्रबार पृथ्वीनारायण शााहको ३०२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा सहभागी हुनु भएको हो।

भृकुटीमण्डपमा आयोजित चियापानमा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुभएको छ।

चियापानमा कार्यक्रममा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मीलगायतको सहभागिता थियो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पहार अर्पण गरेका थिए ।  राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।