११ जेष्ठ २०८१, शुक्रबार 1716569313
Banner

इलाम मतगणना अपडेट : एमालेका सुहाङ्ग नेम्वाङ्ग दुई हजार मतले अगाडि

इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहनुभएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लैजानुभएको छ ।

हालसम्म नेम्वाङले ७ हजार ३३ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका उम्मेदवार डम्वर बहादुर खड्काले ५ हजार १ सय ९ मत प्राप्त गर्नुभएको छ । झण्डै २ हजार मतान्तरले नेम्वाङ खड्का भन्दा अघि हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले १ हजार १ सय २ मत प्राप्त गर्नुभएको छ । हालसम्म १७ हजार ३ सय ७५ मत गणना भएको छ । जसमध्ये २ सय १७ मत बदर भएको छ । मत गणना जारी छ ।