२ जेष्ठ २०८१, बुधबार 1715805053
Banner

नाउपाको अध्यक्षमा रेशम चौधरी निर्विरोध

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन् ।

पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेपछि चौधरी निर्विरोध भएका हुन् ।

पार्टीको महासचिवका लागि भने आधा दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । 

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०७२ को भदौमा भएको टीकापुर घटनामा मुछिएका रेशमको मुद्दा हाल पनि सर्वोच्चमा विचाराधीन रहे पनि  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका थिए ।