१५ बैशाख २०८१, शनिबार 1714237618
कला/साहित्य

रणवीर र आलिया छोरी लिएर पहिलोपटक मिडियामा

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले पहिलोपटक ‘क्रिसमस डे’को अवसर पारेर छोरी राहालाई मिडियासामु देखाएका छन् । एक वर्षअघि छोरी जन्माएका ‘आर’जाेडीले ‘राहा कपुर’लाई मिडियाबाट टाढा राखेका थिए । 

सोमबार पहिलोपटक कपुर दम्पतीले छोरी राहाको अनुहार दुनियाँलाई देखाएका छन् । रणवीर र आलियाले छोरी जन्मिनेबित्तिकै फोटोग्राफरहरूलाई छोरीको फोटो नखिच्न अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई स्वीकार गर्दै फोग्राफरहरूले पनि राहा कपुरको फोटो कहिले पनि सार्वजनिक गरेका थिएनन् । 

धेरैलाई  रणवीर कपुर र आलिया भट्टकी छोरी कस्ती होलिन् भन्ने कौतुहल थियो । सबैजना राहालाई हेर्न आतुर थिए । आखिर त्यो समय पनि आयो र राहालाई मिडियासामु देखाइयो ।  

राहा कपुर निकै नै प्यारी छिन् । उनको निलो आँखा र प्यारो मुस्कानले सबै दर्शकलाई मोहित पारेको छ । राहाको फोटो रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा उनका तस्बिर भाइरल भइरहेको छन् ।