२५ बैशाख २०८१, मंगलवार 1715144208
Banner

ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकीलाई १ सय ४ रनको लक्ष्य

काठमाडौं । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलका क्रममा गण्डकी प्रदेशले सो लक्ष्य प्राप्त गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाउन सफल भयो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३–२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।

बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

गण्डकी प्रदेशले लुम्बिनीलाई पराजित गरेमा सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल ९एपीएफ० छ । समूह बीमा एपीएफ र गण्डकीको २(२ अंक र लुम्बिनी अंकविहीन छन् ।

गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ । लुम्बिनीले जित निकालेको खण्डमा रनरेट धेरै भएको टीम सेमिफाइनलमा प्रवेश गर्नेछ ।