६ जेष्ठ २०८१, आईतवार 1716143809
Banner

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशन सुनिल पौडेललाई ९ वर्षको कैद सजाय

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशन सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाएको छ। विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर गरी पौडेललाई ९ वर्ष कैद , २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत गरेकाे हाे ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेको अख्तियारले जनाएको छ ।