६ जेष्ठ २०८१, आईतवार 1716146924
कला/साहित्य

गायिका मेनुका पौडेलको कृत्रिम आँखा राखियो

काठमाडौं। गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ। 

पौडेलको  तिलगंगा आँखा प्रतिष्ठानमा आइतबार कृत्रिम आँखा  राखिएको अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिनुभयो।   यो शल्यक्रियाले मेनुकाको दृष्टि चाहिँ फिर्ता नआउने उहाँ बताउनुहुन्छ। 

उहाँ भन्नुभयो, ‘यो शल्यक्रिया मेनुकाको दृष्टि फिर्ता आउने होइन । अहिले चस्मा लगाएर हिड्नुहुन्छ । अब यो शल्यक्रिया पश्चात चस्मा नलगाइकन पनि उहाँ कन्फिडेन्टमा कमी आउँदैन।’ 

 उहाँको आँखा पूर्ण रुपमा निको हुन छ हप्ता लाग्ने डा. राजकर्णिकर बताउनुहुन्छ।  इण्डियन आइडलको सिजन १४ मा मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो।