११ जेष्ठ २०८१, शुक्रबार 1716568580
Banner

दैलेख बजारमा भीषण आगलागी

काठमाडौँ । दैलेख बजारमा भीषण आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो अन्य घरहरुमा पनि सल्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइहेको छ । आगलागिको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।