६ जेष्ठ २०८१, आईतवार 1716162914
Banner

हमास समूहको अपहरणमा परेका विपिन अझै छुट्न सकेनन्

काठमाडौं । हमास समूहको अपहरणमा परेका नेपालका विपिन अझै छुटेनन् । गाजास्थित हमास समूहले कब्जामा लिएकाहरुलाई तेस्रोपटक रिहा गर्दा पनि नेपालका रिहा भएका छैनन् ।

यसअघि पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यसैगरी हमासले दोस्रो पटक १७ जनालाई रिहा गरिसकेको छ । तर, नेपालका विपि जोशी भने छुट्न सकेनन् । गत अक्टोबर ७ तारिखमा हमास समूहले आक्रमण गरेर जोशी सहितकालाई बन्धक बनाएर लगेको थियो ।

अन्यलाई धमाधम रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् । इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ ।

जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो ।

त्यस्तै इजरायलसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्दै आएको छ । तर पनि जोशी भने दुई पटकको रिहाइमा पर्न सकेका छैनन् । राजदूत रिजालले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताइन् ।

सरकार र दूतावासले जोशीको रिहाइका लागि अथक प्रयास गरिरहेको छ । तर, त्यो प्रयासले सार्थकता पाउन सकेको छैन । हमास समूहले १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ ।

सोही कारणले उसले त्यही आधारमा रिहा गर्दै आएको छ । हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन ९आईसीआरसी० का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् ।

त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ ।