१५ बैशाख २०८१, शनिबार 1714279939
Uncategorized

उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथिले दिए पदबाट राजीनामा

काठमाडौं । उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

नेपाली सेनाको जङ्गी अड्डाले रथिमा बढुवाका लागि सिफारिस भएका पाण्डेले पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय उनी उमेरका कारण विवादित थिए ।

उच्च स्रोतका अनुसार विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको बुझिएको छ । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।