११ जेष्ठ २०८१, शुक्रबार 1716564366
Banner

जनताको विश्वास जितेको पार्टी एमाले हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

बैशाख १५ गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको विश्वास जित्न सफल भएकै कारण देशको पहिलो पार्टी भएर एमाले यहाँसम्म आएको बताउनुभएको छ ।

धनुषा निर्वाचन क्षेत्र २ (क) को नेमुवाटोलमा एमाले क्षेत्रीय समितिले शनिबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतको निर्वाचनमा एमालेलाई विभिन्न किसिमले घेराबन्दी गर्न खोज्दा पनि जनताले एमालेलाई विश्वास गरेर ठुलो पार्टी बनाएको चर्चा गर्नुभयो ।

आगामी निर्वाचनमा एकल बहुमत प्राप्त दल बनाएमा देशको समृद्धि कायम गर्ने प्रतिवद्धता जनाउनुभयो । एमाले पार्टीमा प्रवेश गर्ने लहर देशभरी रहेकाले २०८४ सालमा हुने निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दावी गर्नुभयो ।

एमालेलाई यहाँसम्म ल्याउनमा धनुषाका पुराना नेताहरुको योगदान महत्वपूर्ण रहेकाले एमाले पार्टी रहुन्जेलसम्म ती योगदान गर्ने व्यक्तित्वहरुलाई विर्सन नसकिने बताउनुभयो ।

कार्यक्रममा एमाले सचिव एवम मधेश प्रदेशका इन्चार्ज योगेश भटट्राईले जनताले एमाले नेतृत्वको सरकार चाहेको भन्दै २०८४ को निर्वाचानपछि एमालेको एकल बहुमतको सरकार बन्ने दावी गर्नुभयो । त्यसकालागि इमान्दारीपूर्वक एक भएर नेता कार्यकर्ताले सक्रिय हुनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले विगतमा गरेका कामहरुको बारेमा आम नेपाली जनतालाई थाहा रहेको भन्दै अब जनताको रोजाइ एमाले भएको दावी गर्नुभयो ।

धनुषा निर्वाचन क्षेत्र नं। २ ९क० बाट निर्वाचित प्रदेशसभा सदस्य एवम एमालेका युवा नेता लखन दासले एमालेको लक्ष्यअनुसार आफुले कामकाज गरिरहेको भन्दै आफनो क्षेत्रमा जनताले अनुभूति गर्ने किसिमले कामकाज भइरहेको बताउनुभयो ।