२४ बैशाख २०८१, सोमबार 1715023989
Uncategorized

कला स्टार अनलाइनद्वारा सर्जक तथा अग्रजलाई सम्मान

काठमाडौं । बुद्ध शान्तपार्क निर्माण समितिको प्रवर्द्धनमा कला स्टार अनलाइन संस्थाले काठमाडौमा एक कार्यक्रमको आयोजना गरी कलाकार तथा सर्जकलाई सम्मान गरेको छ।

विशेषगरी गीत ,संगीत, गायन ,पत्रकारिता, कलाकारिता , साहित्य र समाजसेवामा योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रम नेपालीहरुको महान चाड दशैको शुभकामना आदानप्रदान गर्ने सांस्कृतिक कार्यक्रमको रुपमा आयोजना गरिएको थियो।

नव कलाकारलाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने यो संस्था दुई पुस्ता बीचको पुल बनेको छ। संचारकर्मी तथा साहित्यकार राजनप्रसाद न्यौपानेले संचालन गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष कलाकार समाजसेवी शान्तबहादुर शाक्यको सभापतित्व र का म पा वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमका संयोजक संचारकर्मी तथा साहित्यकार सरस्वती गौतमको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहमा कुसुम बज्राचार्यले संस्था परिचय र सभापति शान्त बहादुर शाक्यले स्वागत गान प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अन्य अतिथिहरुमा वरिष्ठ रचनाकार बि नन्द वैध , वरिष्ठ भजन गायक पुष्प रन्जित ,पत्रकार लक्ष्मण शर्मा ,वरिष्ठ कलाकार रोहित कार्की,चर्चित गायिका निशा देशार, वरिष्ठ कलाकार निर्देशक सुमन पाण्डे ,चर्चित कलाकारहरु सबिन साक्य,जय श्रेष्ठ ,सुन्दर श्रेष्ठ बागमती भाइ,जेष्ठ नागरिक शान्तादेवि शाक्य ,समाजसेवी बिपना मल्ललगायत थिए ।
अतिथिहरुलाई खादा लगाएर संस्थाका कोषाध्यक्ष निर्मल रंजितकार र रस्ना शाक्यले सम्मान गर्नु भएको थियो भने टिका लगाएर रोचना राजोपाध्यायले कार्यक्रममा अनुब्बन्धित थिए ।
सोही कार्यक्रममा कलाकार शान्त बहादुर शाक्य र निशा देशारले रचनाकार बि नन्द बैध्यको शब्दमा शुख खोज्दै खोज्दै बोलको गीत गाएर सार्बजनिक गरेका थिए ।
क्यामेरामा संस्थाका महासचिव गजेन्द्र श्रेष्ठ रहेका उक्त कार्यक्रममा समाजका विभिन्न ब्यक्तित्व,कला स्टार ग्रुपका कलाकारहरुलाई सम्मानित पनि गरिएको थियो। कार्यक्रममा नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष साहित्यकार गिता अर्याल र सदस्य साहित्यकार पार्वती घिमिरेको पनि उपस्तिथि रहेको थियो।

सम्म्मनित हुनुहुनेहरु
चर्चित गायक तथा कलाकारहरु(निशा देशार,सबिन शाक्य ,पुष्प रंजित, संगिता सारथी ,रोहित कार्की ,मिना कर्माचार्य ,रमिला तुलाधर ,रोचना राजोपाध्याय ,शुद्धलक्ष्मी शाक्य ,किशोर कुमार शाही ,उत्तरा मानन्धर ,रुक्सना महर्जन ,नानी मैया महर्जन ,निर्मला श्रेष्ठ पत्रकारहरु राजनप्रसाद न्यौपाने र लक्ष्मण शर्मा ,कार्यक्रम प्रस्तोता कुसुम बज्राचार्य लगायत हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका सदस्य प्रमिला शाक्य लगायत संस्थाका पदाधिकारीहरु,सल्लाहकारहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा गायक गायिकाहरुले सांगीतिक प्रस्तुति दिएका थिए भने एकआपसमा दशैको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा अतिथिहरुले आफ्नो मन्तव्यमा नव सर्जकलाई प्रोत्साहन गर्न्ने यो संस्था सांगीतिक क्षेत्रकै एक उदाहरणयोग्य संस्था रहेको बताए ।