२५ बैशाख २०८१, मंगलवार 1715116309
Banner

शिक्षक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ

काठमाडौं । बाराको कलैयास्थित बाल एकता इङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नताको आशंकामा सात जना पक्राउ परेका छन् ।

सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेर फरार र प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवतीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा शिक्षक सर्राफको मृत्यु भएको छ ।

परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेको भनाइ छ ।