६ जेष्ठ २०८१, आईतवार 1716150967
Banner

इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण साझेदार : अमेरिकी विदेशमन्त्री

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले नेपाल इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाका लागि महत्त्वपूर्ण साझेदार रहेको बताएका छन् ।

एक साता लामो अमेरिका भ्रमणमा वासिङ्टन डिसी पुगेका नेपालका परराष्ट्रमन्त्री एनपी साउदसँग द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘इन्डो प्यासिफिकमा अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण साझेदार हो,’अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले भने ।

अमेरिका र नेपालबिच ७६ वर्षको कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेको सो क्रममा उनले औल्याए ।

‘हाम्रो जनस्तरको सम्बन्ध, आर्थिक सम्बन्ध, लगानीलगायत कुराहरूबाट द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र अझ बलियो बनाउन काम गर्नेछौं,’ उनले भने, ‘हामी स्वतन्त्र, खुला, सुरक्षित,ल र समृद्ध क्षेत्र सुनिश्चित गर्नका लागि सँगै काम गरिरहेका छौं । धेरै अर्थम नेपाल क्षेत्रीय मात्र नभई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय संस्थाहरूमा धेरै रचनात्मक रुपमा नेतृत्व गरिरहेको मुलुक हो ।’