२१ बैशाख २०८१, शुक्रबार 1714756689
Uncategorized

संविधान दिवसको अवसरमा नक्सालस्थित नारायण चौरमा झण्डोत्तोलन गरिने

काठमाडौं । काठमाडौंको मध्यभागमा पर्ने नक्सालस्थित नारायण चौरमा संविधान दिवसको अवसर पारेर राष्ट्रिय झण्डोत्तोलन गरिने भएको छ ।

काठमाडौं महानगरपालिका १ को सक्रियतामा संविधान दिवसको अवसर पारेर चौरमा झण्डोत्तलन गर्न लागिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि अर्थात् संविधान दिवसका दिन बिहान साढे सात बजे सो चौरमा झण्डोतोलन गर्ने कार्यक्रम छ ।

केही समयअघि यस चौरलाई निजीकरण गर्ने धेरै प्रयास भएको बताउँदै उनले स्थानीयकै पहलममा सो कार्य रोकेको बताए ।
‘यस चौरलाई निजीकरण गर्ने प्रयास भएको थियो । तर, हामीले त्यसो हुन दिएनौँ,’ अध्यक्ष श्रेष्ठले भने ।

नारायण चौर केही दिनअघिसम्म फोहोरका कारण थाक थुनेर हिँड्नुपर्ने अवस्था थियो । तर, आज सो चौर घुम्नलायक छ । मानिसहरु आएर घुमफिर गरेर आनन्द लिने गरेको अध्यक्ष श्रेष्ठले बताए ।