२१ बैशाख २०८१, शुक्रबार 1714729024
Uncategorized

नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेशको प्रथम अधिवेशन तयारी पूरा भएको छ ।

शुक्रबार आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेले सो जानकारी दिएका हुन् । उनका अनुसार अधिवेशन असोज ८ र ९ गते काठमाडौँको भृकुटीमण्डपमा भव्य उद्घाटन हुनेछ ।

अधिवेशन पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने पनि उनले जानकारी दिए । अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको उनको भनाइ छ ।

अधिवेशन सफल पार्नका लागि स्वयंसेवक व्यवस्थापन‚ प्रतिनिधि छनौटको कार्य‚ प्रतिनिधिको व्यवस्थापन अनलाइन इन्ट्री हुँदै‚ मूल व्यवस्थापन समितिमार्फत सबै काम अघि बढिरहेको छ । यस्तै, विभिन्न उपसमिति गठन गरी काम अघि बढाइएको छ ।